हङकङको लान्ताउमा लागेको डढेलो १९ घण्टापछि नियन्त्रणमा

२०८१ पुष २९, सोमबार

ङकङ : हङकङको लान्ताउ टापुस्थित से शानमा लागेको आगो १९ घण्टापछि नियन्त्रणमा आएको छ। अग्नि सेवा विभागले सोमबार दिउँसो १२:३० बजे आगो नियन्त्रणमा आएको बताएको हो। विभागका अनुसार आइतबार दिउँसो ४:५१ बजे आगलागी भएको थियो।

आगो नियन्त्रणमा आए पनि आगो पूर्ण निभाउन लागि अग्नि नियन्त्रकहरूले फायर बिटरको प्रयोग गरिरहेका छन्। सरकारी उडान सेवाका हेलिकप्टरहरूले पनि ‘वाटर बम्ब’मार्फत आगलागीस्थलमा पानी फ्याँकिरहेका छन्। (द स्ट्यान्डर्ड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार