काठमाडौं र आसपासको जिल्लामा भूकम्पको धक्का महसुस

२०८१ पुष २९, सोमबार

काठमाडौं : काठमाडौं लगायत आसपासको जिल्लामा सोमबार साँझ भूकम्पको धक्का महसुस भएको छ।

बेलुका ६ बजेर ४२ मिनेट जाँदा काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय  भूकम्प मापन केन्द्रका अनुसार चीनको तिब्बत केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का चीनसँगै बंगलादेश, नेपाल र भारतमा पनि महसुस गरिएको थियो। यसअघि पुस २३ गते चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो। यस क्षेत्रमा निरन्तर भूकम्पको धक्का महसुस भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार