काठमाडौं : आज देशभर माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ।
माघ १ गते पर्ने यो पर्व नेपालका थारु, मगर लगायत हिन्दू समुदायले विशेष महत्त्वका साथ मनाउने परम्परा रहीआएको छ। सरकारले यस अवसरमा सार्वजनिक विदा दिएको छ।
यससँगै देशभरका सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था, नेप्से लगायत सार्वजनिक संस्थानहरू आज बन्द रहनेछन्।





