देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता

२०८१ माघ १, मंगलवार

चितवन : चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर १ जना बेपत्ता भएका छन् ।

मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पुलबाट हामफालेर मदन परियार बेपत्ता भएको चितवनको एसपी गौतम मिश्रले बताए । ४१ वर्षीय परियार लमजुङको बेशिसहर नगरपालिका–३ का स्थानीय हुन् ।

पुलमा उनको कपडा र मोबाइल भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार