काठमाडौं : नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको छ। बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बोलाइएको हो ।
माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् । वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् ।





