जनकपुर जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

२०८१ माघ ३, बिहीबार

काठमाडौँ : सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–६ स्थित कानढुंग्रीमा माइक्रोबस दुर्घटना भएको छ ।

जनकपुर जाँदै गरेको बा.३ ख ८४४५ नम्बरको माइक्रो बस बीपी राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । टायर पञ्चर भएर माइक्रोबस डिभाइडरमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले हाम्रोदेशलाई बताए । दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारको लागी काठमाडौँ ल्याइँदै छ ।

अन्य ६ जनाको खुर्कोट स्थित सुनकोशी सामुदायिक अस्पताल उपचार हुँदै छ । माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई नियन्त्रणमा लिइएको डीएसपी खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार