निकोलस भुसाललाई आज अदालत पेस गरिने

२०८१ माघ ४, शुक्रबार

पोखरा : पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ ।

कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले भुसाललाई आज जिल्ला अदालतमा पेस गरिने जानकारी दिए । उनलाई प्रहरीले साइबर अपराधको कसुरमा विहीबार पक्राउ गरेको हो । यसअघि पनि उनी पुस ७ गते पक्राउ परेका थिए ।

पुस ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि विहीबार फेरि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए ।

‘साइबर अपधारको कसुरमा पक्राउ गरी अदालत पेश गरेका थियौं, अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो र हामीले त्यहीअनुसार अनुसन्धान गर्दा पक्राउ गर्नुपर्ने देखिएको हो,’ एसपी ओलियाले भने, ‘भुसाललाई शुक्रबार अदालतमा पेश गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार