रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते

२०८१ माघ ५, शनिबार

रूकुम पश्चिम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले च्यापेर आज आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए । शाहीको घटनास्थलमै मृत्यु भएको हो । उनले सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएका बताउँदै घाइतेको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

कुसारी र शाही विद्युतीय रुख काट्ने उपकरण (आरा मेसिन) प्रयोग गरेर घरमा प्रयोग हुने दार बनाउन जङ्गल गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार