प्रचण्डले छिर्नै पाएनन् विराटनगरमा क्रिकेट मैदानभित्र, बाहिरबाट निरीक्षण

२०८१ माघ ५, शनिबार

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको बाहिरबाट निरीक्षण गरेका छन्। विराटनगर महानगरपालिका–१९ स्थित क्रिकेट मैदानको दाहालले आज निरीक्षण गर्ने कार्यक्रम शुक्रबार तय भए पनि सरोकारवालाले बेवास्ता गर्दै मूल गेटको चाबी नखोलेपछि उनी बाहिरबाट नै निरीक्षण गरेर फर्किएका हुन्।

दाहाल मैदान पुग्नुअघि नै माओवादीका स्थानीय नेताहरू फूलमालासहित पुगे पनि उनीहरूले मूल ढोकामा लगाइएको चाबी कोसँग छ भन्ने यकीन गरेनन्। ् माओवादीका स्थानीय नेताले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँग फोन सम्पर्क गर्दा मैदान रुग्न बसेको एक वृद्धसँग चाबी छ भनेका थिए। तर, उनीहरूले ति वृद्धसँग कुरा गर्दा चाबी क्रिकेटवालाहरूले लग्ने गरेको र आफूलाई नदिएको बताएका थिए।

पूर्वप्रधानमन्त्री मैदान आइपुग्ने समय भइसक्दासमेत चाबी कोसँग छ भन्ने यकीन नभएपछि केही माओवादी नेताहरूले चाबी फोड्ने कुरा गरे पनि केहीले अरूले लगाएको चाबी फोड्न नहुने र चाबी फोडेर अध्यक्षलाई भित्र लगियो भन्ने समाचार बन्ने बताएपछि बाहिरबाटै अवलोकन गरेको बताइएको छ। क्रिकेट मैदानको मूल ढोकामा लगाइएको चाबी केहीले फोड्ने र केहीले नफोड्ने कुरा भइरहँदा बिहान १० बजेको समयमा पूर्वप्रधानमन्त्री दाहाल मैदान पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार