प्याराग्लाइडिङ दुर्घटनामा नेपाली पाइलट र भारतीय पर्यटकको मृत्यु

२०८१ माघ ६, आईतवार

मुम्बई : भारतको गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा नेपाली पाइलट र एक भारतीय पर्यटकको मृत्यु भएको हो । मृत्यु हुनेमा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानी छन् । शिवानी भारतकै पुणे निवासी रहेको जनाइएको छ । सुमनको भने ठेगाना खुलाइएको छैन । शनिबार उक्त दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ ।प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई गिरफ्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
1

ताजा समाचार