हुम्ला : हुम्लाको चंखेली गाउँपालिका-१ को बोहरावाडामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् ।
चंखेली गाउँपालिका- ३ को लोतीबाट नुन बोकेर १ नम्बर वडातिर गइरहेको ट्याक्टर दुर्घटना हुँदा चंखेली गाउँपालिका-१ का करिब ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको हो ।
लु४त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ चंखेली गाउँपालिका-१ का अन्दाजी ४० का मानबहादुर बोहरा सोही वडाकै वर्ष ४५ का धना बोहरा र वर्ष १० का चरी बोहरा घाइते भएका छन् ।





