श्री एअरलाइन्सप्रति गायिका समीक्षा अधिकारीको आक्रोश

२०८१ माघ ६, आईतवार

काठमाडौं : गायिका समीक्षा अधिकारीले श्री एअरलाइन्सले यात्रुलाई एयरपोर्टमा अलपत्र पारेको भन्दै आक्रोश व्यक्त गरेकी छन्। आइतबार फेसबुक स्टाटस लेख्दै उनले मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा अन्य एअरलाइन्सले धमाधम प्लेन उडाइरहे पनि श्री एअरलाइन्सले भने यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको गुनासो गरेकी छन्।

केही दिनअघि पनि आफूले यही एअरलाइन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको उनको भनाइ छ।

‘आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु। श्री एअरलाइन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन। यस्तो घटना कि त अन्य एअरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एअरलाइन्स काम छैन’, उनले लेखेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार