कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ: कृषिमन्त्री अधिकारी

२०८१ माघ ६, आईतवार

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन्। किसान आयोगको आठौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अधिकारीले निर्बाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए।

‘अहिले पनि धेरै परिवार कृषिमा लागेका छन् तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यवसायिक बनाउन आवश्यक छ,’ मन्त्री अधिकारीले भने।

कृषि उपजको आयात प्रतिस्थापन गर्न स्थानीय र प्रदेश सरकार पनि लाग्न पर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार