काठमाडौँ : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) मै फर्किने तयारी गरेका छन्।
केही दिन अगाडिसम्म नेकपा एकीकृत समाजवादीमा जाने पक्का गरेका वामदेव गौतमले नेकपा एमालेमा फर्किने निष्कर्षमा पुगेका छन् ।उनको पार्टीका नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । एकीकृत समाजवादीले एकताका नाममा अल्मल्याएको र शंकाको दृष्टिले हेरेका कारण उक्त पार्टीसँगको सम्पूर्ण संवाद समाप्त भएको कार्कीले बताए ।
आफैंले समाजवादीमा फर्किने पक्का गरेको बताएको केही दिनमै गौतमले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्दै फर्किने तयारी गरेका हुन् ।





