हामी कमजोर भएर एकता गरौँ भनेको होइन : कमल थापा

२०८१ माघ ७, सोमबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का केन्द्रीय अध्यक्ष कमल थापाले आफूहरू कमजोर भएर पार्टी एकताको पहल नगरेको स्पष्ट पारेका छन् ।

शनिवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको गृह नगर हेटौँडा आएर अब राप्रपा कुनै दलसँग एकीकरणको चरणमा नरहेको बताएपछि थापाले आज सामाजिक सञ्जाल मार्फत आफूहरू कमजोर भएर पार्टी एकताको पहल नगरेको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन् “मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होइन।हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिऊँ भनेर हो।यो समय फेरि नआउन सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार