पीएम कप क्रिकेट: बागमतीले दियो आर्मीलाई ८२ रनको लक्ष्य

२०८१ माघ ७, सोमबार

काठमाडौं : धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा बागमती प्रदेशले त्रिभुवन आर्मीलाई ८ रनको लक्ष्य दिएको छ । खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा २ विकेट गुमाएर ८१ रन जोड्यो ।

बागमतीका लागि यसु पाण्डेले २५, कप्तान कञ्चन श्रेष्ठले २४ तथा यसोधा विष्टले २० रन जोडिन् । १२ रन बागमतीले अतिरिक्तमा पायो । आर्मीका लागि ईश्वरी विष्ट र लक्ष्मी साउदले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार