चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बन

२०८१ माघ ७, सोमबार

चितवन : चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।

घटना पुस १५ गते भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ। असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए।

सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो। डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार