एकै गाउँमा ७ जनाको रहस्यमय मृत्यु

२०८१ माघ ७, सोमबार

काठमाडौं : बिहारको पश्चिम चम्पारण जिल्लाको एक गाउँमा विषाक्त मदिरा सेवनबाट सात जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।यो घटना बिहारको पश्चिम चम्पारण जिल्लाको नरकटियागञ्जको लौरिया थाना क्षेत्रको मथिया गाउँसँग सम्बन्धित छ। तर, नरकटियागञ्ज उप-विभागीय प्रहरी अधिकारी जयप्रकाश सिंहले बीबीसीसँग कुरा गर्दै यी मृत्युहरूलाई ‘प्राकृतिक मृत्यु’ भनेका छन्।

जयप्रकाश सिंहले बीबीसीलाई भने, “गाउँमा १४ र १९ जनवरीको बीचमा सात जनाको मृत्यु भएको छ। एक महिलाले आत्महत्या गरेकी छन्, एक ९० वर्षीय पुरुषको चिसोका कारण मृत्यु भएको छ, एक पुरुषको कलेजोको रोगले मृत्यु भएको छ र अर्का एक जनाको दुर्घटनामा मृत्यु भएको छ।”

‘विषाक्त मदिरा सेवनबाट कसैको मृत्यु भएको छैन, विषाक्त मदिरा सेवनबाट आँखाको ज्योति गुम्ने जस्ता लक्षण देखिएको छैन । गाउँलेहरुले जानकारी नदिने भएकाले मृतकको पोष्टमार्टम हुन सकेको छैन । अन्तिम संस्कार भइसकेको छ ।”

यी मृत्युबारे गाउँका मानिसले केही बोलिरहेका छैनन् । तर, कतिपय स्थानीय सञ्चारमाध्यममा गाउँमा देशी मदिराका खाली थैलीका तस्बिरहरु देखाइने गरेको आरोप छ ।

पश्चिम चम्पारणका एसपी शौर्य सुमन भन्छन्, “यसबारे अनुसन्धान गर्न हामीले एउटा टोली बनाएका छौं। हामीले एक मेडिकल टोली पनि बनाएका छौं जसले मठिया र वरपरका गाउँहरूमा कुनै पनि व्यक्तिको रोगको बारेमा जानकारी लिन मद्दत गर्नेछ।”

उनी भन्छन्, “मृत्यु भएको घरका आफन्तसँग सोधपुछ गरिएको छ। मृतकहरू विभिन्न उमेर समुहका छन् । अनुसन्धान रिपोर्ट आएपछि मात्रै अवस्था खुल्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार