सरकारले कुलमानलाई चलाए ठिक हुन्न : देव गुरुङ

२०८१ माघ ७, सोमबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आफ्नो पार्टीको सक्रियता सत्ताको लागि नभई सरकारी निरङ्कुशता विरुद्धमा रहेको बताएका छन् ।

सोमबार काठमाडौंको एक कार्यक्रममा गुरुङले ओली सरकारले प्रचण्ड सरकारको सुशासन यात्रालाई निरन्तरता दिनेभन्दा भ्रष्टाचारलाई बढवा दिएकोसमेत आरोप लगाएका छन् । महासचिव गुरुङले केपी ओलीको सत्तारोहणको दिनदेखि नै नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने प्रपञ्च गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन् ।

कुलमानको कानुनी तथा संवैधानिक समस्या नभेटेपछि अदालतले पुरानो मुद्दा समय अघिनै पेशी अगाडी तानेकोप्रति आपत्ति जनाउँदै भने,’घाटामा गएको प्राधिकरणलाई नाफा र अँध्यारो नेपाललाई उज्यालो दिने कुलमानलाई फाल्न अदालत पनि प्रभावमा पर्न गएको हो कि रु आशंका उब्जियो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार