छायांकनको क्रममा अभिनेता सुशीलले शरीरमा लगाए आगो

२०८१ माघ ८, मंगलवार

काठमाडौं : अभिनेता सुशील श्रेष्ठले नयाँ चलचित्र ‘आउटलः दफा २१९’को छायांकनको क्रममा शरीरमा आगो लगाएका छन् ।

दुई दशक अघि खल अभिनेता राजेन्द्र खड्गीले यसैगरी शरीरमा आगो लगाएर चलचित्र अग्नि पथमा करिब एक मिनट एक्सन दृश्य गरेका थिए । अभिनेता सुशीलले पनि यस्तै जोखिम द्वन्द्व यो नयाँ चलचित्रमा गरेका छन् । शरीरमा आगो लगेको अवस्थामै उनले करिब एक मिनटको द्वन्द्व निर्देशन गरेको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्र आगामी २९ फागुनबाट चलचित्र घरमा रिलिज हुँदै छ । चलचित्रको क्लाईमेक्स छायांकन बाँकी थियो । यसको क्लाईमेक्स निकै जोखिम रूपमा छायांकन गरिएको पनि यसका निर्देशक बिक्की महर्जनले बताएका छन् । यो चलचित्रमा सुशीलले नेपाली चलचित्रमा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी महर्जनको रहेको छ ।

चलचित्र ‘आउटलः दफा २१९’ को करिब ४० लाख खर्च गरेर जोखिम एक्सनको क्लाईमेक्स दृश्य छायांकन गरिएको छ । एक्सन दृष्यमा हेलिकोप्टरको समेत प्रयोग गरिएको निर्माण पक्षले जनायो । यो चलचित्रमा करिब ५० मिनेटको एक्सन दृश्य छ । जसलाई हलिउड र कोरियन सैलीमा कोरियोग्राफी गरिएको पनि निर्देशक महर्जनको जानकारी गराए ।

चुल्ठे काजीको द्वन्द्व निर्देशन रहेको यो चलचित्रमा साहिल खानको सम्पादन, नवीन गुरुङको डीओपी रहेको छ । जसमा अमित अग्रहरीको लगानी छ । विनोद कठायत यसका कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माता हुन् । यो चलचित्रलाई विक्की महर्जननै लेखेका हुन् । यो चलचित्रमा सुशीलसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन्, विशाल पहारीलगायतका कलाकारहरूको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार