जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैन : योगेश भट्टराई

२०८१ माघ ९, बुधबार

काठमाडौँ : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सिमेन्टको मूल्य बढ्नुमा संयोग मात्रै नभएर नियत खराब भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

बुधवार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्। उनले निर्माणको सिजनमा मूल्य वृद्धि गरिनु संयोग मात्रै नभइ नियत खराबका साथ गरिएको देखिएको बताए। उनले तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको देखिएको बताए।

उद्योगीहरूलाई लागत अनुसार उचित मूल्य लिन आग्रह उनले गरे। उनले उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नपाउने बताए। उनले व्यवसायीहरूले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला सिमेन्टको मूल्य वृद्धि स्वीकार्न नसकिने बताए। उनले ३५८ रुपैयाँ र ४५८ बाट करिव साढे ७ सय र ८ सय पुगेको देखिएको बताए।

विद्युतको मूल्य बढेदा,ढुवानीको मूल्य बढ्दा, श्रमको मूल्य बढ्ढा र वस्तुको मूल्य बढ्दा मूल्य वृद्धि हुनसक्ने तर केहीको पनि मूल्य वृद्धि नभएको समयमा सिमेन्टको मूल्यवृद्धि गर्नु राम्रो नियतले नभएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
5
+1
0
+1
1

ताजा समाचार