भीम रावललाई समर्थन गरेका अछामका ६ जना एमाले नेतालाई कारबाही

२०८१ माघ १०, बिहीबार

अछाम : नेकपा एमाले अछामले पार्टीबाट निकालिएका पूर्वउपाध्यक्ष भिम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा संग्लग्न भएको भन्दै बुधबार ६ जनालाई पार्टी कमिटीको पदीय जिम्मेवारीबाट हटाएको छ ।

पार्टीको हित विपरीत काम गरेको भन्दै पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य एवं सङ्गठन विभाग प्रमुख प्रकाश बहादुर शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर, शङ्कर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई कारबाही गरेको हो ।

उनीहरूलाई नेकपा एमालेको सङ्गठन कमजोर पार्ने कार्यहरू गरेको, पार्टीको कुनैपनी आधिकारिक व्यक्तिलाई जानकारी नदिई विभिन्न सञ्चार माध्यमलाई कार्यकर्ताले पार्टी छोडेको भन्ने भ्रमपूर्ण समाचारलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट सम्प्रेषण गरेको, पार्टीलाई कमजोर पार्न सञ्चालन गरिएको मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र पार्टीका अध्यक्ष विरुद्ध अलोकतान्त्रिक गतिविधि गरेको आरोप लगाइएको छ ।

जिल्ला कमिटी सचिव भीम रावलले नेकपा एमालेको विधानको धारा ८० को उपधारा १, २, ३,४,५,१२, र १३ विपरीत कार्य गरेको हुँदा पार्टी विधानको धारा ८१ को (१) बमोजिम पार्टी कमिटीको पदीय जिम्मेवारीबाट मुक्त गरिएको बताए । बुधबार पार्टीले जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिमा सक्रिय हुने अरू नेताहरूलाई पनि आगामी दिनमा कारबाही गरिने चेतावनी दिइएको छ ।

एमालेले अछाम कमिटीले आज कारबाही गरेका ६ जनासहितका १ हजार ८७ जनाले सोमबार भीम रावलको ‘मातृभूमि जागरण अभियान’ लाई समर्थन गरेको भन्दै हस्ताक्षरसहित सामूहिक वक्तव्य जारी गरेका थिए । एमालेमै रहेर एमालेले निष्कासन गरेको व्यक्तिको समर्थन गरेको भन्दै आज ६ जान माथि पार्टीले कारबाही गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

ताजा समाचार