बाक्लो हुस्सुले तराईमा हवाई सेवा प्रभावित

२०८१ माघ १०, बिहीबार

काठमाडौँ : बाक्लो हुस्सुका कारण पूर्वी तराईका विभिन्न विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएका छन् । पर्याप्त भिजिबिलिटी नभएपछि झापाको भद्रपुर, धनुषाको जनकपुर र बाराको सिमरामा रहेका विमानस्थलमा उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहानैदेखि यी विमानस्थलमा हवाई उडान तथा अवतरण ठप्प छ । बाक्लो हुस्सुले पर्याप्त भिजिबिलिटी नभएपछि विमान उडान र अवतरणका लागि अनुमति नदिएको टीआईएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार