अखिल क्रान्तिकारीको २० केन्द्रीय सदस्यको मनोनयन रद्द

२०८१ माघ ११, शुक्रबार

काठमाडौं : भोलि (शनिबार)का लागि तय भएको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय समितिको नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा रितपूर्वक र विधिसम्मत नभएको भन्दै २० उम्मेदवारको उम्मेदवारी रद्द भएको छ ।

निर्वाचन समितिले केन्द्रीय समिति सदस्य, निर्वाचन आयोग सदस्य तथा अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएका २० जनाको उम्मेदवारी रितपूर्वक र विधिसम्मत नभएको भन्दै रद्द गरिएको हो ।

उम्मेदवारी रद्द हुनेमा सबैभन्दा बढी १७ जना केन्द्रीय सदस्यका उम्मेदवार रहेका छन् भने एक जना सचिवालय सदस्यका उम्मेदवार रहेका छन् । यस्तै एक जना निर्वाचन आयोगका सदस्य पदका उम्मेदवार रहेका छन् भने अर्का अनुशासन आयोगका सदस्य पदका उम्मेदवार रहेका छन् ।

निर्वाचन समितिले मनोनयन दर्ता भएका उम्मेदवारमाथि दाबी विरोधको सूचना जारी गरेकोमा २९७ वटा दाबी विरोधको उजुरी परेकोमा त्यसमाथि जाँचबुझ तथा छानबिन गर्दा २० जना उम्मेदवारको उम्मेदवारी रद्द भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए । मनोनयन तथा गरेका तर, उम्मेदवारी फिर्ता लिन चाहेमा शुक्रवार बिहान ९ बजेभित्र उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन समितिले जनाकारी दिएको छ ।

akhil-radda-1737688914.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार