राप्रपा केन्द्रीय समिति बैठक आजदेखि

२०८१ माघ ११, शुक्रबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक शुक्रबार शुरु हुँदैछ। बैठक धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षालगायत विविध एजेण्डा तथा कार्ययोजनामाथि छलफल गर्ने तयारी छ। बैठक शनिबार सकिने राप्रपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार