सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : सञ्चारमन्त्री

२०८१ माघ ११, शुक्रबार

लमजुङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुने बताएका छन्।

लमजुङको सुन्दर बजारमा शुक्रबार १० औं सुन्दर बजार महोत्सवको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले सहकारी ठगीमा संलग्न जुनसुकै दलका भए पनि कारबाही हुने बताउनुभएको हो। ठगीमा संलग्नलाई कारबाही गर्दै  पीडितलाई न्याय दिने बताए।

“सहकारी ठगीमा संलग्न काँग्रेस एमालेलाई कारबाही भएको छैन, खाली रास्वपाका सभापति रवि लामिछानेलाई समातेको छ। खेदेको छ, घेरेको छ भन्नेकुरा तपाईंहरुको भ्रम मात्र हो”, मन्त्री गुरुङले भने, “संकटग्रस्त २२ वटा सहकारीको छानबिनका लागि माननीय सूर्य थापा नेतृत्वको सर्वदलीय उच्चस्तरीय संसदीय छानबिन समितिले अभियोजन गरेका, कारबाहिका लागि किटान गरेका सबैलाई कारबाही हुन्छ, ढिलोचाँडो मात्र हो ।”

मन्त्री गुरुङले सहकारीका विषयमा न्यायिक निकायमा गएको मुद्दालाई नाराजुलुस र हुलदंङ्गा गरेर प्रभावित नपार्न सबैलाई आग्रह गर्नुभयो।उहाँले छ हजार बढी सहकारी पीडितले बचत फिर्ता पाइसकोको र पीडितले छिटो न्याय पाउन भन्नका लागि अधिकार सम्पन्न सहकारी प्राधिकारण गठन गरेको बताए।

उनले नागरिकको सेवालाई प्रभावकारी बनाउन, उद्योगी व्यवसायीलाई व्यापार व्यवसायको वातावरण बनाउन, सुशासन कायम गर्न, भूमि तथा वन सम्बन्धीसहितका १३ वटा पुराना ऐन संशोधन गरेर चारवटा विधयक ल्याएको बताए। मन्त्री गुरुङले अबको दिनमा यहाँको कृषि, पर्यटन, स्वास्थ्य, उद्योग व्यवसाय, शिक्षा, प्रशासन, आदि क्षेत्रमा एआईको प्रयोगको लागि ऐन बनाउन लागिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार