वर्षाका कारण २७ हजार परिवार विस्थापित

२०८१ माघ १२, शनिबार

काठमाडौं : श्रीलङ्कामा भारी वर्षाका कारण दुई श्रीलङ्कालीको मृत्यु भएको र तीन जना बेपत्ता भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ ।

प्रकोपका कारण श्रीलङ्काका २७ हजार ७३३ परिवारका ९२ हजार ३८२ भन्दा बढी प्रभावित भएको डीएमसीले जनाएको छ । शनिबार देशका धेरैजसो स्थानमा ७५ मिलिमिटरभन्दा बढी भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सरकारले प्रकोपबाट प्रभावितहरूलाई सहयोग गर्न सबै आवश्यक कदम चालिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार