सातामा ३५०० ले बढ्यो सुनको मूल्य

२०८१ माघ १२, शनिबार

काठमाडौं : साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रूपैयाँ कायम भएको थियो।

सोमबार सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले घटेर १ लाख ५७ हजार रूपैयाँ कायम भएको थियो। मंगलबार सुनको मूल्य ११ सय रूपैयाँले बढेर १ लाख ५८ हजार १ सय रूपैयाँ कायम भएको थियो। त्यसैगरी, बुधबार सुनको मूल्य १९ सय रूपैयाँले बढेर १ लाख ६० हजार रूपैयाँ कायम भएको थियो ।

बिहीबार ४ सय रूपैयाँले घटेर सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रूपैयाँ कायम भयो। साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य फेरि १ हजार रूपैयाँले बढेर १ लाख ६० हजार ६ सय रूपैयाँ कायम भएको छ।

यो साता सुनको मूल्य समग्रमा ३५०० रुपैयाँको वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार