सिंहदरबारमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूको बैठक

२०८१ माघ १२, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसका पार्टी पदाधिकारी र सरकारमा सामेल मन्त्रीहरूबीचको छलफल सुरु भएको छ। अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल सुरु भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

पार्टीबाट सरकारमा सामेल मन्त्रीहरूले गरिरहेका कामहरू थप प्रभावकारी र १८ गतेका लागि आह्वान गरिएको संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन आवश्यक छलफल भइरहेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए।

पार्टी सभापति शेरबहादुर देउवासमेत उपस्थित रहेको बैठकमा पार्टीका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र सरकारमा सामेल मन्त्रीहरू सहभागी रहेको उनले बताए ।

यसै गरी आइतबारका लागि आह्वान गरिएको संसदीय दलको बैठकको तयारीका लागि पनि यो छलफल गरिन लागेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार