काठमाडौं : स्पेनिस ला- लिगामा लिग लिडर रियल म्याड्रिडले जित हासिल गरेको छ ।
शनिवार सम्पन्न खेलमा रियलले भाल्लाडोलिडमाथि ३-० को जित निकालेको हो । रियलको जितमा फ्रेन्च स्टार केलिएन एमबाप्पेको ह्याट्रिक सामेल थियो । खेलमा एमबाप्पेले ३०,५७ र ९१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियलले सानदार जित हासिल गर्न सफल बन्यो ।
जितपछि रियल २१ खेलबाट ४९ अङ्क सहित पहिलो स्थानमा कायम छ ।





