बम विस्फोट हुँदा दुई जनाको मृत्यु

२०८१ माघ १५, मंगलवार

काठमाडौं : पाकिस्तानको खुजदार–शाहदादकोट राजमार्गको खोरी क्षेत्रमा खुजदारबाट रावलपिंडी जाँदै गरेको यात्रु बस नजिकै भएको कार बम विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

खुजदारका सहायक आयुक्त हफिजुल्लाह काकरले विस्फोटमा एक यात्रुको घटनास्थलमै मृत्यु भएको र अन्य छ जना घाइते भएको बताए । उनले कार पूर्ण रुपमा नष्ट भएको बताए । विष्फोटको सूचना पाएलगत्तै घटनास्थलमा पुगेका सुरक्षाकर्मी र बम डिस्पोजल टोलीले शव र घाइतेलाई खुजदार शिक्षण अस्पतालको ट्रमा सेन्टरमा लगेको थियो ।

यद्यपि, गम्भीर घाइते भएका क्लिनरको अस्पतालमा मृत्यु भएको थियो भने अन्य घाइतेहरूलाई खुजदारको सीएमएचमा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार