४ तले भवन भत्किँदा कयौं मजदुरहरु फसे

२०८१ माघ १५, मंगलवार

काठमाडौं : भारत नयाँदिल्लीको बुराडी क्षेत्रमा चार तले भवन भत्किँदा कयौं मजदुरहरु फसेका छन् ।

सोमबार साँझ करिब सात बजे भवन भत्किएको खबर दिल्ली प्रहरीले पाएको थियो । लगत्तै दमकल र एम्बुलेन्ससहित उद्धार टोली खटिएको थियो । उद्धार टोलीले पुरिएको अवस्थामा एक आठ वर्षीया बालिकालाई मृत फेला पारेको जनाएको छ । १२ जनालाई बचाइएको र अझै १५–२० जना फसेको हुनसक्ने अनुमान गरिएको दिल्ली प्रहरीले जनाएको छ ।

यसैबीच दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले घटनामा दुःख व्यक्त गर्दै सांसद संजिव झाको नेतृत्वमा खोज, उद्धार र राहत वितरणको काममा प्रशासनलाई सघाउन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार