अमेरिकामा अवैध आप्रवासी पक्राउ अभियान तिव्र, सोमबार मात्रै १७ सय बढि पक्राउ

२०८१ माघ १५, मंगलवार

काठमाडौँ : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिए लगत्तै अवैध आप्रवासीलाई पक्राउ अभियान तिव्र पारिएको छ । जस अन्तर्गत सोमबार मात्रै कागजात नभएका १ हजार ७ सय ४९ आप्रवासीहरूलाई पक्राउ गरिएको छ ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभागले सोमबार सो संख्यामा कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरेको बताएको छ । यस अघि आइतबार पनि सोहि हाराहारीमा पक्राउ गरिएको थियो । आईसिइले गत आइतबार ९ सय ५६ वटा यस्ता गिरफ्तारी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार