रवि लामिछानेले दिएको पुनरावेदनको सुनुवाई आज

२०८१ माघ १५, मंगलवार

काठमाडौं : पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको आफूसँग ६५ लाख रूपैयाँ धरौटी मागेको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा दिएको पुनरावेदनको सुनुवाई आज हुँदैछ । रविले हिजो पुनरावेदन गरेका थिए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले दिएको आदेशविरुद्धको सुनुवाई उच्च अदालतका न्यायाधीश मिलन कुमार राईको इजलासमा हुँदैछ । रविले पुनरावेदनमा जिल्ला अदालतको धरौटी माग्ने आदेश बदर गर्दै साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउनुपर्ने माग राखेका छन् ।

कास्कीबाहेक रविसँग जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रूपन्देहीले १ करोड धरौटी मागेका छन् । रविले काठमाडौं र रुपन्देहीको आदेशविरुद्ध पनि उच्च अदालत जाने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार