रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् : ज्वाला संग्रौला

२०८१ माघ १५, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले बिगत खोतल्दै जाने हो भने अहिले आफू रास्वपा हुँ भनिरहेकाहरू कुनै न कुनै काण्डमा मुछिएको दाबी गरेकी छिन्।

‘जजसले आज मेरो बिरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छ्न्, तिनीहरुको बिगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्,’ आफ्नो आलोचना गर्नेलाई लक्षित गर्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय। तसर्थ संयमित बन्नुस।’

केही दिनअघि उनले एमालेका नेता महेश बस्नेतलाईलाई आफ्ना पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा बलात्कार मुद्दामा जोगाएको टिप्पणी गरेकी थिइन्। त्यसलाई लिएर रास्वपा कार्यकर्ताहरूले आलोचना सुरु गरेपछि संग्रौलाले यस्तो अभिव्यक्ति दिएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार