कर्णालीका एक लाख बढी किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाइने

२०८१ माघ १६, बुधबार

काठमाडौं : कर्णाली प्रदेशका १ लाख २० हजार ५ सय १० जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ। दश वटा जिल्लाका किशोरीहरूलाई यो खोप दिइने छ। जसमध्ये जुम्लाका ८ वटै स्थानीय तहका ८ हजार ८ सय २९ जना, मुगुका ४ हजार ३ सय ७९, डोल्पाका २ हजार ६ सय ४१, हुम्लाका ३ हजार ७ सय ३६, कालिकोटका ११ हजार ९ सय २३, रुकुम पश्चिमका १२ हजार १ सय ६, सल्यानका १४ हजार ५ सय १३, सुर्खेतका २८ हजार ३ सय ४०, जाजरकोटका १५ हजार ९ सय ५२ र दैलेखका १८ हजार ९१ जना किशोरी समेत गरी कुल १ लाख २० हजार ५ सय १० जना किशोरी छन्।

नियमित खोपको लक्षित समूहअन्तर्गत कर्णाली प्रदेशभरि २१ हजार ६ सय ५७ जना छन्। अभियानको लक्षित समूह कक्षा ७-१० सम्मका किशोरीहरू ७९ हजार १ सय ३४ जना र विद्यालय नजाने ११-१४ वर्षका किशोरी १९ हजार ७ सय १९ जना गरी कुल ९८ हजार ८ सय ५३ जना किशोरी छन्।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जुम्लाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने एच.पि.भि विरुद्धको खोप दिइनेछ।

नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एच.पि.भिको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन्। हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार