६ महिनापछि समाजवादी मोर्चाको बैठक, भावी योजनाबारे छलफल

२०८१ माघ १६, बुधबार

काठमाडौँ : लामो समयपछि चार दलीय समाजवादी मोर्चाको बैठक काठमाडौंमा बसिरहेको छ ।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा विगतका कामको समीक्षा गर्दै भावी कार्यक्रमबारे छलफल भइरहेको छ । बैठकमा भावी योजना तय गर्न गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल भइरहेको एक नेताले बताए ।

मोर्चाले नेकपाका खड्गबहादुर विश्वकर्मा, माओवादी केन्द्रका देव गुरुङ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेसपाका गंगा श्रेष्ठ रहेको कार्यदल गत साउन १ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समय दिएपनि ६ महिनापछिमात्र समाजवादी मोर्चाको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार