कारागारबाट भागेका कैदी १४ वर्षपछि पक्राउ

२०८१ माघ १६, बुधबार

काठमाडौं : डिल्लीबजार कारागारबाट भागेका कैदीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । फरार कैदी पेशलराज बुढाथोकीलाई गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

उनी २०६७ सालको साउनमा कारागारबाटै भागेका हुन् । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार