काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ६० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ५५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १८ सय ८५ रूपैयाँ कायम भएको छ ।





