महिला टी-२० आईमा नेपालको दोस्रो हार

२०८१ माघ १९, शनिबार

काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो।

नेपालले दिएको १०२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। थाइल्याण्डका लागि नानानपत कोनचारोकेले अर्धशतकीय पारी खेल्दै जितका लागि ठूलो योगदान दिएकी हुन्। उनले ५८ बलमा ६ चौका प्रहार गर्दै अविजित ६० रन बनाइन्।

नेपालका लागि मनीषा उपाध्यायले दुई विकेट लिइन्। यसअघि नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन जोडेको थियो।

नेपालका लागि कविता कुँवरले २५ रन बनाउँदा विन्दु रावलले पनि २५ रन नै जोडिन्। कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

थाइल्याण्डका लागि थिपाचा पुत्थावोङले तीन तथा फनिता माया र नत्तया बुछाथामले २–२ र चनिदा सुतेरुआङले एक विकेट लिइन्।

यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार