नयाँ जीवन सुरु गर्न चाहन्छु, विष्णु सापकोटालाई गाली नगर्नू : एलिना चौहान

२०८१ माघ १९, शनिबार

काठमाडौं : गायिका एलिना चौहानले सम्बन्धविच्छेदबारे आफ्नो धारणा सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले धारणा राखेकी हुन्।

उनले श्रीमान् विष्णु सापकोटासँग सल्लाहमै सम्बन्धविच्छेदको मुद्दा दायर गरेको बताएकी छन्।

‘अदालतको कुरा बाहिर कसरी आउँछ थाहा छैन। तर, यसलाई ठूलो रूपमा लिएर प्रचार गर्नेभन्दा पनि इग्नोर गर्नुहोला,’ उनले भनेकी छन्, ‘आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ,’ उनले भनेकी छन्। उनले श्रीमान विष्णु सापकोटालाई गाली नगर्न आग्रह गरेकी छन्।

बिहे गर्नू आफ्नो गल्ती भएको उनको भनाइ छ। उनले आफूले नै आफ्नो जीवन बिगारेको बताएकी छन्। उनले प्रेम सम्बन्धमा रहँदा पनि पटकपटक समस्या आएको उल्लेख गर्दै उनले विहेपछि सबै कुरा मिल्ला भन्ने आशामा बिहे गरेको बताएकी छन्।

उनले सम्बन्धविच्छेद गर्नका लागि कसैले बिहे गरेको हुने र झन ठूलो समस्या आउने देखेपछि सल्लाहमै सम्बन्धविच्छेद गर्न लागेको जनाएकी छन्। आफ्नो निजी जीवनबारे धेरै चर्चा नगर्न उनको आग्रह छ।

‘जति गाली गर्न मन छ, मलाई गर्नुहोला। तर, उहाँलाई नगर्नु होला। सहमतिमै हामीले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हौँ,’ उनले भनेकी छन्, ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन। सात जुनीसम्मका लागि गरिन्छ अझ हिन्दू संस्कारमा त।’

उनले बिहेअघि सम्बन्धमा रहँदा पनि बढी नै खटपट पर्ने गरेको खुलाएकी छन्। ‘बिहे गर्नु हतारको डिसिजन भयो। प्रेम सम्बन्धमा हुँदा पनि बढी नै खटपट हुन्थ्यो। तर, सहन्छु भनेरै बिहे गरें। तर, समय बित्दै जाँदा सहन सकिनँ। उहाँले सोचे जस्तो पनि भएन,’ उनले भनिन्।

अस्ट्रेलिया बस्ने बागलुङका विष्णु सापकोटासँग गत वैशाख ५ मा धुमधामसँग बिहे गरेकी एलिनाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मानाचामल दाबी नगरी सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार