ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

२०८१ माघ १९, शनिबार

जुम्ला : जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एकजनाको मृत्यु भएको छ।

घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए। चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासी ढिस्को खसेपछि उनी पुरिएकी हुन्।

विमला गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन्। उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार