ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु

२०८१ माघ २०, आईतवार

पोखरा : तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार साँझ ६ः४० बजेतिर पृथ्वी राजमार्गबाट मुग्लिन हुँदै दमौलीतर्फ आउने क्रममा भारतीय नम्बर एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा दुर्घटनाग्रस्त भएको थियो ।

त्यसक्रममा चालक भारतको बिहारको मिर्जापुरका ३५ वर्षीय श्रीकान्त कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा साढे ८ बजे चिकित्सकहरुले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी अशोक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार