काठमाडाैं : प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी उपरीक्षक (एसपी)हरूको पदस्थापन गरेको छ । हालै प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका उनीहरूको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जसअनुसार पहिलो नम्बरमा बढुवा भएका कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा खटाइएको छ । चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिए पनि काजमा जिल्ला प्रहरी परिसर काठमाडौं खटाइएको हो ।
एसपी सुमित खड्कालाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।










