नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

२०८१ माघ २१, सोमबार

काठमाडाैं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने भएको छ ।

वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाका तर्फबाट आवश्यक सहयोगको लागि नाडा अध्यक्ष करण चौधरीसँग औपचारिक रुपमा आग्रह गरेका हुन्।  पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्सएसोसिएसन (वाडा) नाडाको संस्थागत सदस्य हो।

वाडा अटो शो आगामी चैत १३ देखि १७ सम्म पोखरामा हुनेछ। यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिपोर्टको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार