सुनको मूल्यमा भारी वृद्धि

२०८१ माघ २२, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार ७ सय  रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार  चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय  ९५ रुपैयाँ कायम भएकोमा आज ३५ रुपैयाँले बढेर १ हजार ९ सय ३० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
1

ताजा समाचार