जाजरकोट : जाजरकोटमा टिपर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
मंगलबार बिहान छेडागाड नगरपालिका–११ को चिम्लेखोलास्थित मध्यपहाडी लोकमार्गमा भे १ क १०५५ नम्बरको टिपर दुर्घटना भएको हो।दुर्घटनामा चालकसहित तीन जना घाइते भएको र घाइतेहरूको थलहस्थित छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाका अनुसार घाइतेहरूको नाम खुलेको छैन।उनीहरूको अवस्था गम्भीर भएको उनले बताए। गिट्टी बोकेर गुडिरहेको उक्त टिपरको एक्कासी ब्रेक फेल भएपछि सडकको भित्तातर्फ ठोक्किएर पल्टिएको अनुमान गरिएको उनले बताए।





