गण्डकीका वनमन्त्री भेषबहादुर पौडेललाई पितृशोक

२०८१ माघ २२, मंगलवार

काठमाडौं : गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेललाई पितृशोक परेको छ। उनका पिता तिलकबहादुर पौडेलको ९८ वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित रहेका पौडेल आइतबार अचानक बिरामी परेपछि लमजुङ सामुदायिक अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। चिकित्सक र परिवारको सल्लाहअनुसार घर ल्याइएका पौडेलको मंगलबार दिउँसो करिब सवा ३ बजे निधन भएको हो।

पौडेल लमजुङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा कांग्रेस जिल्ला कार्यसमिति लमजुङका पूर्व सभापति समेत थिए। उनी लामो समयदेखि समाजसेवामा सक्रिय थिए। उनका दुई छोरा र छ छोरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार