राष्ट्रियसभामा अध्यादेश पास गर्न उपेन्द्र यादव निर्णायक

२०८१ माघ २३, बुधबार

काठमाडौं : सरकारले भर्खरै ल्याएका ६ वटा अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कि नहुने हो भन्ने कुरा चासोको विषय बनेको छ । प्रतिनिधिसभामा सत्ता पक्षको सुविधाजनक बहुमत भएकाले अध्यादेश स्वीकृत हुन कुनै समस्या भएन । तर, राष्ट्रियसभामा भने सत्तापक्ष अल्पमतमा भएकाले द्वविधा छ ।

राष्ट्रियसभामा ३ सिट रहेको उपेन्द्र यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) निर्णायक देखिएको छ । जसपा खुलेर सत्ता वा विपक्ष दुवै मोर्चामा छैन । तर, संघीय सरकार र मधेस सरकार दुवैमा जसपा सहभागी छैन । यद्यपि गत ६ साउनमा प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिँदा जसपाले पक्षमा मतदान गरेको थियो । राष्ट्रिय सभाको अंकगणित अनुसार सरकारले ल्याएको अध्यादेश स्वीकृत गर्ने कि नगर्ने भन्नेमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल निर्णायक देखिएको छ ।

यादव नेतृत्वको जसपा नेपालले अध्यादेशको विपक्षमा मत दिने निर्णय गरेको अवस्थामा राष्ट्रिय सभाका अध्यक्षले निर्णायक मत दिने अवस्था सिर्जना हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नेकपा माओवादी केन्द्र निकट मनोनीत सांसद नारायण दाहाल छन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पारिवारिक सदस्य हुन् । अध्यक्ष दाहालले निर्णायक मत दिने अवस्थामा उनी अध्यादेशको पक्षमा नउभिन सक्छन् । यस्तो अवस्थामा राष्ट्रिय सभाबाट अध्यादेश अस्वीकृत हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार