सुनको मूल्यमा भारी वृद्वि, प्रतितोला कति पुग्यो?

२०८१ माघ २३, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको २२ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज २ हजार २ सय रूपैयाँले बढेर १ लाख ६६ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले बढेर १९ सय ७५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार